अछाम ।
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडाहरुमा अनुगमन गरीएको छ। वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोट र साँफेबग नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौंमा संचालित उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजनाका क्रियाकलापहको अनुगमन गरीएको हो।
उक्त वडाहरुमा संस्थाद्वारा गरीएका क्रियाकलापको आज स्थलगत अनुगमन गरिएको छ। वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजनाद्वारा मेल्लेख गाउँपालिकाको वडा नम्बर ८ हात्तिकोट र साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौंका अति जोखिम र विपन्न परिवारहरुलाई व्यवसायमा पुनःस्थापन बन्नका लागि खुद्रा पसल, बाख्रा पालन, सिलाईकटाई व्यवसाय, प्लास्टिक टनेल महिला बालबालिका लक्षित कार्यक्रम लागायतका व्यवसाय संचालनका लागि यस अघि संस्थाबाट सहयोग गरिएको थियो।
यसरी विपन्न परिवार अपांगता भएका व्यक्ति, एकल महिला टुहुरा बालबालिकालाई राहत हुने गरि छनोट गरि व्यवसाय संचालनका लागि सहयोग पाए पछि आफु निकै खुसि भएको उक्त कार्यक्रमका लाभग्राहिहरुले बताएका छन्। यस्तै उक्त कार्यक्रमबाट प्लाष्टिक टनेल प्राप्त गरे पछि तरकारी खेतिबाट आफुले मनग्य आम्दानि गरेर घर खर्च चलाउने गरेको मेल्लेख गाउँपालिका वडा नम्बर ८ का टीकाराम ठकुल्लाले बताउनु भयो। उहाँले वाक नेपालबाट तालिम र कृषि सामाग्री सहयोग अनुदान पाए पछि आफु तरकारी व्यवसाय गर्न लागेको बताउनु भयो। घरमै प्राविधिक आएर सुझाव सल्लाह दिए पछि आफुलाई काम गर्न सहज भएको उहाँले बताउनु भयो।
अनुगमनबाट फर्किए पछि कार्यक्रमको समिक्षामा संस्थाले गरेको काम प्रभावकारी, पारदर्शिता, उपलब्धिमुलक, र व्यवसायिकरणमा विकास हुँदै गएको निष्कर्ष निकालिएको थियो। समिक्षा कार्यक्रममा साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा वडा नम्बर ५ का वडा अध्यक्ष मक्कर कुँवरले वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजनाद्वारा संचालन भएका क्रियाकलापहरु प्रति खुसी व्यक्त गर्नु भयो। उहाँले आगामि दिनमा थप समन्वय र सहकार्यमा संस्था तथा संस्थाद्धारा संचालित क्रियाकलापमा सहयोग गरिने प्रतिवद्धता समेत जनाउनु भएको छ।
यस्तै समिक्षा कार्यक्रममा बोल्दै साँफेबगर नगरपाकिला वडा नम्बर ४ मष्टामाण्डौंका वडा अध्यक्ष नवराज बुढाले वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजनाद्वारा गरीएका क्रियाकलापहरु प्रति आफु निकै प्रभावित भएको बताउनु भयो। उहाँले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आफू र वडा कार्यालयबाट हुने सहयोग निरन्तर रहने बताउनु भयो।
यस्तै समिक्षा कार्यक्रममा वाक नेपालका महासचि अप्सरा कुँवरले यस अघिका कमिकमजोरीको समिक्षा गर्दै आगामि दिनमा जनप्रतिनिधि लगाएत सबै सरोबारवालाको सुझाव, सल्लाह र समन्वयमा संस्थाका हरेक क्रियाकलापहरु गर्दै लैजाने प्रतिवद्धता जनाउनु भएको छ।
यस्तै उक्त समिक्षा कार्यक्रममा वाक नेपालका कार्यक्रम संयोजक चेतराज जोशीले संस्थाद्धारा संचालन भएका सबै क्रियाकलापहरुमा सरोवारवालाको सुझाव सल्लाह सबै भन्दा ठुलो भएकाले सबैको साथ सहयोगको अपेक्षा रहेको बताउनु भएको छ।
साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौंमा भएको अनुगमनमा कार्यबाहक नगर प्रमुख मक्कर कुँवर, वडा नम्बर ४ मष्टामाण्डौंका वडा अध्यक्ष नवराज बुढा, नि. प्रमुख प्रशासकीय अधिकृत शंकर बहादुर थापा, पशु शाखाका पदम बहादुर थापा, कृषि शाखाका तारा बुड्थापा, वाक नेपालका महासचिव अप्सरा कुँवर वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजनामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो।
यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटमा भएको अनुगमनमा मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटका वडा अध्यक्ष महेश ठकुल्ला, गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर ठकुल्ला, वडा सदस्य नृप आउजी, साँफेबगर नगरपालिका कृषि शाखाका सुरेन्द्र कुँवर, मेल्लेख गाउँपालिका कृषि शाखाका लोकेन्द्र साउँद, भुपेन्द्र बुढा, वाक नेपालका कार्य समिति सदस्य सुरत खड्का वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजनामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा वल्र्ड भिजनका मेनुका मल्ल, परियोजना संयोजक दिलिप बहादुर बोहरा, अनुगमन संयोजक जगत रावल, लेखा संयोजक ईश्वर प्रसाद उपाध्याय, खरिद अधिकृत अनुजा श्रेष्ठ, जिविकोपार्जन अधकृत निरन्जना पनेरु सामाजिक परिचालक रमेश भुल, भुपेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा लिईएका केही तस्विरहरु ।