साँफेबगर।
नेपाल कम्युनिष्ट पार्टी एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न भएको छ। नेकपा एमाले साँफेबगर नगर कमिटीका अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको नगर कमिटी बैैठकले वडा कमिटीका बैठकहरु साउन ७ गते देखि २० गते भित्र गरी सक्ने निर्णय गरेको छ।
बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देव बहादुर कुँवर, जयन्द्र बहादुर स्वार, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, केशर मियाँ, रमेश कुँवर, नेकपा एमाले जिल्ला कमिटी सदस्य बालगिरी कुँवर, झंकर कुँवर, पुष्पराज भट्ट, शंकर भुल, हिरेण्ड कुँवर, राधिका भुजेल, रतन रावल, सुरत भुल, हेमा नागरी, दुधकला बिष्ट, चक्र सुनार, लगाएको उपस्थिति रहेको थियो।
यस्तै बैठकमा पूर्व जिल्ला कमिटी सदस्य शिव खड्का, कमल ओड, जिल्ला सल्लाहकार सदस्य भुपेन्द्र महता, मनबिर भुल, नर बहादुर कुँवर, अनेरास्ववियूका जिल्ला कमिटी सचिव भिम बडाहित, सदस्य रेबन्त बिष्ट, सम्पूर्ण वडाका वडा कमिटी अध्यक्ष, नगर कमिटी सदस्य लगाएतको सहभागिता रहेको थियो। बैठकको संचालन नगर कमिटी सचिव ललित बोगटीले गर्नु भएको थियो।