साँफेबगर।
नेपाल कम्युनिष्ट पार्टी एमाले साँफेबगर नगर कमिटीको प्रतिनिधि परिषद्को प्रथम भेला विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। नेकपा एमाले साँफेबगर नगर कमिटी उपाध्यक्ष ललित रैगाईको अध्यक्षतामा भएको प्रतिनिधि परिषद्को प्रथम भेलाबाट नगर कमिटीको आम्दानी र खर्च अनुमोदन, आगामि बैठक साउन ५ गते बस्ने निर्णय गरेको छ। यस्तै बैठकले नगर कमिटीको अध्यक्षमा ढकेन्द्र कुँवरलाई मनोनित गरेको छ।
नगर कमिटी अध्यक्ष ललित कुँवरले प्रतिकुल स्वास्थ्य अवस्थाका कारण नगर कमिटी अध्यक्ष पदबाट राजिनामा दिनु भएको थियो। प्रतिनिधि परिषद्को प्रथम भेलाले उहाँको राजिनामा स्वीकृत गर्दै ढकेन्द्र कुँवरलाई मनोनित गरेको हो। यस्तै प्रतिनिधि परिषद्को प्रथम भेलाले निवर्तमान अध्यक्ष ललित कुँवरको स्वास्थ्य लाको कामना समेत गरेको छ।
प्रतिनिधि परिषद्को प्रथम भेलाका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्र बहादुर बोहरा रहनु भएको थियो। यस्तै भेलामा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देव बहादुर कुँवर, जयन्द्र बहादुर स्वार, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभिाग प्रमुख प्रकाश शाह, केशर मियाँ, रमेश कुँवर, नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, नेकपा एमाले जिल्ला कमिटी सदस्य बालगिरी कुँवर, झंकर कुँवर, पुष्पराज भट्ट, शंकर भुल, हिरेण्ड कुँवर, राधिका भुजेल, टिकेन्द्र भण्डारी, रतन रावल, सुरत भुल, रुप बहादुर कुँवर, हेमा नागरी, दुधकला बिष्ट, अम्बीका कुँवर, रामप्यारी कुँवर, अनेरास्ववियुका जिल्ला सचिव भिम बडाहित लगाएको उपस्थिति रहेको थियो।
नेकपा एमाले साँफेबगर नगर कमिटी उपसचिव सीता कुँवरले स्वागत मन्तव्य राख्नु भएको प्रतिनिधि परिषद्को प्रथम भेलाको संचालन नगर कमिटी सचिव ललित बोगटीले गर्नु भएको थियो।