अछाम।
वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमको समन्वयात्मक बैठक साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा सम्पन्न भएको छ। वडामा रहेका पिछडिएका तथा पछि परेका महिला तथा बालबालिकाको सामाजिक, आर्थिक क्षमता बृद्धि विकास गर्ने उद्धेश्यले सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रम संचालन गरिएको हो।
सोमबार साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाका वडा अध्यक्ष रुप बहादुर कुँवरको अध्यक्षतामा भएको समन्वयात्मक बैठक मार्फत परियोजनाको विस्तृत जानकारी तथा अहिलेसम्म भए गरेका क्रियाकलापहरुको समिक्षा गरिएको थियो। साथै बैठक मार्फत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई समेत ज्ञापन गरिएको थियो।
बैठकमा बोल्दै वडा अध्यक्ष कुँवरले कार्यक्रमको उद्धेश्य राम्रो रहेकाले आफूहरु वडाबाट गर्न सकिने सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले सबै टोलमा गठन भएका आत्मनिर्भर समुहलाई प्रभावकारी बनाउन आवस्यक रहेकाले सबैको सहयोग महत्वपूर्ण हुने बताउनु भयो।
बैठक तथा परिचयात्मक कार्यक्रममा वडा सदस्य बल बहादुर साउँद, हंश साउँद, बसन्ती बिष्ट, नेकपा एमाले जिल्ला कमिटी सदस्य अम्बिका कुँवर, हेमा नागरीक, नेपाली कांग्रेसका गोरख बहादुर कुँवर, नेकपा एमालेका पदम रावत, नेकपा एकीकृत समाजवादीका नन्दराम बटाला, राष्ट्रिय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरत सुनार, वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमका अधिकृत सत्य स्वार, विभिन्न टोलमा गठित आत्मानिर्भर समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
बैठकको संचालन वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमका सहजकर्ता पार्वती पुनमगरले गर्नु भएको थियो।