साँफेबगर।
साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी पर्यटन क्षेत्रको विकास गरीने बताउनु भएको छ। साँफेबगर नगरवडा नम्बर २ जाल्पादेवीमा भएको चुनावी आमसभामा बोल्दै उहाँले बैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायत नगरमा रहेका सांस्कृति–धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धधनका लागि गुरुयोजना निर्माण र कार्यान्वयन गरिने बताउनु भएको छ।
उहाँले एक वडा एक खेल मैदान निर्माण, लैगिंक विभेदमा शून्य सहनशिलताको नीति अवलम्बन, भूमिहीन र सुकम्वासीहरुका लागि जग्गा उपलब्ध गराउन भूमि सम्बन्धी आयोगसंग समन्वय र सहकार्य, विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोग सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एक परिवार एक रोजगार कार्यक्रम संचालन गरिने बताउनु भएको छ।
बाम गठबन्धनको तर्फबाट नगरपालिकाको नगर प्रमख पदका उम्मेदवार कुँवरले नगरपालिकालाई हिंशा मुक्त नगरपालिका बनाउने योजना रहेको बताउनु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीमा घर दैलो पछि चुनावी सभामा बोल्दै कुँवरले हरेक क्षेत्रको विकासका लागी सबै भन्दा पहिले हिंसा रहित समाज निर्माण हुन आवश्यक रहेको बताउनु भयो। उहाँले पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गर्दै व्यावहारिक तथा व्यवसायिक शिक्षामा प्राथामकिता दिईने पनि बताउनु भएको छ।
उहाँले आफूले विजय प्राप्त गरि सके पछि संघ र प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमको संचालन, एक वडा एक उत्पादन नीतिको तर्जुमा र कार्यान्वयन, एक वडा एक सहकारी सुपथ मूल्य पसलको संचालन, नयाँ शहर आयोजनासंगको समन्वय र सहकार्यमा बस्ति विकास कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरीने बताउनु भएको छ।
उहाँले नगरपालिकामा महिला मतदाताको संख्या बढी रहेको भन्दै रहेक निर्वाचनमा महिलाको मतले जित्दै आएका जनप्रतिनिधिहरुले महिलाका सवालहरुलाई वेवास्था गर्दै आएको आरोप लगाउने भयो। कुँवरले महिला, दलित, विभिन्न वर्ग क्षेत्रमा हुँदै आएको विभेद र हिंसा अन्त्यका लागि आफ्नो विशेष पहल रहने बताउनु भयो। उहाँले आफूलाई सूर्य चिन्हमा मतदान गरेर विजयि गराउन समेत आग्रह गर्नु भयो। उहाँले बेरोगारी समस्यालाई निर्मूल पार्नको लागि पालिकामा सीपमूलक तालिम देखि लिएर रोजगारीका सवालमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको छ।
यस्तै चुनावी आमसभामा बोल्दै साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्लाले बाम गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरी सके पछि जनताको आवश्यकता र चाहना अनुसारका कार्यक्रम संचालन गरीने बताउनु भएको छ। उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्नु योजना रहेको बताउनु भएको छ। उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ।
नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष नेत्र परियारको अध्यक्षतामा भएको घर दैलो तथा चुनावी आमसभा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुदूरपशिचम प्रदेश कमिटी सदस्य जयन्द्र स्वार रहनु भएको थियो। चुनावी आमसभा तथा घर दैलो कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जंग वि।क।, दिपक सुनार, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बालगिरी कुँव, जिल्ला कमिटी सदस्य झंकर कुँवर, हिरीण्ड कुँवर, सुरत भुल, शंकर भुल, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष मोति बि.क. प्रवासी नेपाली संघका आकाश कुँवर, एमालेका नेता तेज बहादुर कुँवर, वडा अध्यक्ष पदका उम्मेदवार सुरत भुल, अनेरास्ववियुका जिल्ला कमिटी सचिव भिम बडाहित, वडा सदस्य पदका उम्मेदवार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
चुनावी आमसभाको संचालन कविन्द्र परियारले गर्नु भएको थियो। बाम गठबन्धनको घर दैलो तथा चुनावी कार्यक्रम वडा नम्बर १ र २ का विभिन्न ठाउँमा सम्पन्न भएको जनाईएको छ।