साँफेबगर ।
पालिका स्तरिय कक्षा ८ को वार्षिक परिक्षामा साँफेबगर नगरपालिकाका ३ सय ४८ जना विद्यार्थी उतिर्ण भएका छन् । फागुन महिनाको २५ गते देखि चैत ५ गते सम्म सञ्चालन भएको आधारभुत तह कक्षा ८ को परिक्षामा सहभागी २ सय ६३ छात्र र २ सय ६० छात्रा गरि ५ सय २३ जना विद्यार्थी मध्ये ३ सय ४८ जना उतिर्ण भएका हुन्, भने त्यो ६७ प्रतिशत हुन आउँछ ।
जस अन्तर्गत साँफेबगर वडा १ मा रहेको सुर्यचन्द्र माविका ३७ जना, वैद्यनाथ वेद विद्यश्रमका ११ जना, वडा नम्बर २ को त्रिपुरा सुन्दरी माविका १८ जना, सरस्वती आधारभुत विद्यालयका ९ जना, प्रभाधम्कोट माविका ३० जना, किण्डर गार्डेन एकाडेमीका २० जना, वडा नम्बर ४ मा रहेको जनकल्याण माविका १९ जना, हिमालय माविका १५ जना, बर्चहिल एकेडेमीका १९ जना, भगवती आ विका १८ जना, वडा नम्बर ५ को कृष्ण माविका ७ जना, वडा नम्बर ८ को महेन्द्र माविका ११ जना रहेका छन् ।
यस्तै वडा नम्बर ९ को बुढाकोट माविका २० जना, वडा नम्बर १० बेताल माण्डौं माविका ९ जना, घुघुरको माविका ७ जना, वडा नम्बर ११ को हंशवाहिनी माविका ९ जना, वडा नम्बर १२ को तुकामाविका ९ जना, वडा नम्बर १३ मा रहेको राष्ट्रिय माविका ४१ जना र वडा नम्बर १४ को कालिका माविका ३९ जना उतिर्ण भएका छन् ।
यसै बिच १ सय ५५ जना विद्यार्थीहरु ग्रेड वृद्धि परिक्षामा सहभागी हुन पाउने भएका छन्, भने १६ जनाको एनजी आएको छ ।
साथै ग्रेड वृद्धिको परिक्षा आगामी वैशाख ४ गते र ५ गते सञ्चालन हुने नगरपालिकाका शिक्षा शाखा प्रमुख हिरादत्त भट्टले जानकारी दिनु भएको छ ।
यस बर्ष कक्षा ८ को लागि नगरपालिकाबाट सिकाई आपुरण तथा द्रुत सिकाई योजना (ReAL plan) तथा अभिभावकको सहकार्यमा २ महिने अतिरिक्त कक्षा संचालन कार्यक्रम कार्यान्वयनले कक्षा ८ को सिकाई उपलब्धिमा प्रत्यक्ष सहयोग पुगेको शाखा प्रमुख भट्टले जानकारी दिनु भएको छ ।