साँफेबगर।
अछाम जिल्लाको साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको छ। फागुन १८ गते बुढाकोट र पातलकोटका विभिन्न विद्यालयहरुबाट सुरु गरिएको विद्यालय अनुगमन २० गते साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा शैलेश्वरी आधारभूत विद्यालय बल्याल्त र तुका माध्यामिक विद्यालयमा अनुगमन गरिएको छ।
यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा राष्ट्रिय माध्यामिक विद्यालय, जनता आधारभूत विद्यालय, भगवती आधारभुत विद्यालय, त्रिपूरा सुन्दरी आधारभुत विद्यालय, सुर्योदय आधारभुत विद्यालय र जाल्पादेवी आधारभुत विद्यालयमा पनि अनुगमन गरिएको हो।
विद्यालय अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था र विद्यालय प्रशासन, भौतिक संरचना तथा विद्यालयको वर्तमान अवस्था बारे अनुगमन गरिननुका साथै विद्यालयमा शिक्षक विद्यार्थी उपस्थिति, सेनिटरी प्याड वितरण तथा व्यवस्थापन, खानेपानी तथा सरसफाई, दिवा खाजा व्यवस्थापन, लगायत विविध पक्षहरुको अनुगमन गरिएको थियो।
अनुगमनमा साँफेबगर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा विद्यालय अनुगमन कार्यदल संयोजक जनक कडायत, नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक झंकर खनाल, अनुगमन कार्यदल सदस्य उमाकान्त जोशी, पत्रकार रमेश परियारको सहभागिता रहेको थिय ।