साँफेबगर ।
नेकपा एमाले तीन महिने वडा केन्द्रीत अभिमुखिकरण कार्यक्रम बुढाकोटमा सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष सर्जन परियारको अयक्षतामा भएको वडा केन्द्रीत अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो।
अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा अछाम क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिल्सेना रहनु भएको थियो। उहाँले तीन महिने अभिमुखिकरण अन्तरगत पार्टी जनवर्गिय संगठनका भेला बैठक सुचारु गर्नु पर्ने बताउनु भएको छ। यस्तै उहााले गाउँ ठाउँमा भएको विकास निर्माणलाई सहयोगका साथ खबरदारी गर्नु पर्ने बताउनु भयो। उहाँले नेकपा एमालेलाई बलियो शक्तिका साथ स्थापित गर्न सबै नेता कार्यकर्ताले सहयोग गर्नु पर्ने बताउनु भयो।
कार्यक्रममा विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य मिन बहादुर कुँवर रहनु भएको थियो। उहाँले साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा अन्य पार्टी भन्दा नेकपा एमाले बलियो रहेको बताउनु भयो। यस्तै कुँवरले नेकपा एमालेको विगत देखिको इतिहासमा टुटेर फुटेर व्यक्तिगत स्वार्थका लागि हिड्नेहरुको भविष्य बनेको र स्थापित भएको इतिहास नभएको बताउनु भएको छ। तसर्थ उहाँले नेकपा एमालेमै रहनेको सुनौलौ भविष्य रहेको बताउनु भएको छ।
उहाँले पार्टी हिजो पनि बनेको भोली पनि बन्ने र पार्टी विशाल हुने धारण राख्नु भएको छ। उहाँले मिसन ८४ मा नेकपा एमाले ठुलो पार्टी बन्ने दावी गर्नु भयो।
यस्तै अभिमुखिकरण कार्यक्रममा नेकपा एमाले भेलामा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रमेश बहादुर कुँवर, जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट, नगर कमिटी संयोजक हिरिण्ड बहादुर कुँवर, नगर कमिटी सचिव भिम बडाहित, नगर कमिटी सदस्य लम्बोधर भट्ट, भक्त कुँवर लगाएतको उपस्थिति रहेको थियो।
यस्तै २०८१ फागुन १३ गते मंगलबार साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटमा हुने पनि जनाईएको छ।