साँफेबगर ।
नेकपा एमाले तीन महिने वडा केन्द्रीत अभियान साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौंको भण्डारी गाउँमा सम्पन्न भएको छ।
वडा कमिटी सदस्य अशोक ओडको अध्यक्षतामा भएको वडा केन्द्रीत भेलाले ७ सदस्य वडा कमिटी गठन गरिएको छ। कमिटीको अध्यक्षमा भक्त बहादुर भण्डारी, उपाध्यक्षमा पवन टमट्टा सचिवमा अशोक ओड, सदस्य लाल ब बुढा, गोमा कुँवर, प्रेम भूल र टेक भूल चयन हुनु भएको छ।
भेलाका प्रमुख अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य मिन बहादुर कुँवर रहनु भएको थियो। प्रमुख अतिथि कुँवरले नेकपा एमालेको विगत देखिको इतिहासमा टुटेर फुटेर व्यक्तिगत स्वार्थका लागि हिड्नेहरुको भविष्य बनेको र स्थापित भएको इतिहास नभएको बताउनु भएको छ। तसर्थ उहाँले नेकपा एमालेमै रहनेको सुनौलौ भविष्य रहेको बताउनु भएको छ।उहाँले पार्टी हिजो पनि बनेको भोली पनि बन्ने र पार्टी विशाल हुने धारण राख्नु भएको छ।
उहाँले मिसन ८४ मा नेकपा एमाले ठुलो पार्टी बन्ने दावी गर्नु भयो। यस्तै भेलामा नेकपा एमाले उपभोक्ता हित संरक्षण केन्द्रीय विभाग सदस्य देव बहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रमेश बहादुर कुँवर, जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट, नगर कमिटी संयोजक हिरिण्ड बहादुर कुँवर, नगर कमिटी सचिव भिम बडाहित, नेपाल भुतपूर्व सैनिक प्रहरी संगठन जिल्ल संयोजक देव बहादुर कुँवर, प्रचार तथा प्रकाशन विभाग सदस्य शिव बहादुर खड्का, नगर कमिटी सदस्य शेभराज उपाध्याय, वडा सदस्य केवल सिंह आउजी लगाएतको उपस्थिति रहेको थियो।
नगर कमिटी सदस्य सुनिता भुलले स्वागत मन्तव्य राख्नु भएको बैठकको संचालन युवा नेता जितेन्द्र कुँवरले गर्नु भएको थियो।

