विनायक ।
जिल्लाको पच्चदेवल विनायक नगरपालिका वडा नं. १ नाँदीगाउँ तरकारी ‘हब’का रुपमा चिनिन थालेको छ । गाउँमा भएका सम्पूर्ण घरपरिवारहरुले तरकारी खेती गर्न थालेपछि गाउँ तरकारी‘हब’का रुपमा चिनिन थालेको हो ।
गाउँमा भएका २७ घरपरिवारहरुले व्यवसायीक रुपमा तरकारी खेती गर्नु हुन्छ । ‘तरकारी खेती परम्परागत रुपमा लगाउने भए पनि पल्ल्लिो तीन वर्ष यता व्यवसायीक रुपमा खेती गर्दै आईरहेका छौं’ भन्नुहुन्छ–अगुवा कृषक गोकर्ण प्रसाद तिमिल्सैना । उहाँका अनुसार टोलमा आलु,प्याज,टमाटर,काउली,बन्दा लसुन लगायत तरकारी लगाईएको छ । हरेको घरमा एउटा–एउटा टनेल छ तिमिल्सैना भन्नुहुन्छ–‘मैले त तरकारीको आम्दानीले छोरालाई वन विज्ञान विषय बढाए’। मेरो केही भएन भने पनि वार्षिक ३ लाख रुपियाँ आम्दानी भई रहेको छ खुसीका साथ तिमिल्सैनाले सुनाउदैं भन्नुभयो–हामी व्यवसायीक बन्न सकेका छैनौं यदि व्यवसायीक बन्यौं भने घाटा हुदैन । ‘मैले बुढीको सहयोगमा करिव ८–१० रोपनीमा तरकारी खेती गरिरहेको छु’ तिमिल्सैनाले भन्नुभयो ।
वल्र्ड भिजन इन्टरनेशनल र जिल्लामा कार्यरत गैरसरकारी संस्था पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक–नेपाल) को साझेदारीमा संचालित एकिकृत उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत मंगलासैनी तरकारी उत्पादन समूहका माध्यमबाट किसानहरु तरकारी खेतीमा आकर्षित भएका हुन । समूहमा २५ जना सदस्य रहेको तिमिल्सैनाले जानकारी गराउनु भयो । संस्थाले हामीलाई पोखरी,फलामे टनेल,पाईप,विउ,नर्सरी टनेलका साथै प्राविधिक सरसल्लाह घरआगनमा आएर गरिरहेको भन्दै अर्का किसान भानुभक्त तिमिल्सैनाले भन्नुभयो–‘दुख गरी तरकारी उत्पादन गछौं बनका हुन्या राख्दाईन’ । उहाँका अनुसार मौसमी बेमौसमी तरकारी फलाउछौं अन्तमा बँदेल,दुम्सी बाँदरबाट जोगाउन हम्मेहम्मे हुन्छ । यसका साथै उत्पादन भएको तरकारी बजार सम्म लैजान र बजारीकरणमा केही समस्या भए पनि नजिकका गाउँहरुमा ठूलो काम भएका बेला बारीमै मान्छे आएर बारीबाटै तरकारी बेच्न पाउँदा खुसी लाग्ने गरेको तिमिल्सैनाले बताउनु भयो ।
‘ढुवानी र बजारीकरणका बारेमा स्थानीय सरकारसंग समन्वय गछौं’ भन्दैं संस्थाका अध्यक्ष मीनबहादुर कुँवरले भन्नुभयो–हामी पनि सरकारका सहयोगी हौं,स्थानीय सरकारसंग समन्वय गरि किसानहरुको दुखसुखमा साथ दिनु हाम्रो कर्तव्य हो अध्यक्ष कुँवरले भन्नुभयो–आगामी दिनमा पनि किसान लक्षित कार्यक्रमहरु संचालन गरिने छ ।