साँफेबगर ।
अछाम जिल्लाको साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ। शुक्रबार बसेको नगरसभाको १३ औं अधिवेशनमा कृषि, खाद्य सुरक्षा तथा पशुपंक्षीलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा भने कृषि र पशुपंक्षीलाई प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर उपप्रमुख शिव बहादुर कुँवरले क्रमश पर्यटन, संस्कृति तथा साहित्य, शिक्षा, स्वास्थ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भौतिक पुर्वाधार निमार्ण, सूचना संचार तथा प्रविधि, वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुदलाई प्राथमिकता दिएको छ।
नीति तथा कार्यक्रममा कृषि तर्फ रैथाने बालिलाई प्रवद्र्धन गरिने, बाली पकेट प्रबर्धन कार्यक्रम तरकारी, फलफुल, आलु संचालन गरिने, कृषक पाठशाला कार्यक्रम संचालन गरिने, कर्मचारी, जनप्रतिनिधिहरु, व्यापारीहरुसंग बजारीकरण सम्बन्धी अन्तक्रिया गोष्ठि संचालन गरिने, कृषकहरुको उत्पादन तथा व्यवसायहरुलाई उत्साहित तथा प्रोत्साहन गर्नका लागि कृषि मेला प्रदर्शनी संचालन गरिने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उपप्रमुख कुँवरले पशुपंक्षी तर्फ दुध, मासु र अण्डामा आत्मनिर्भर गर्ने भनेर लिएको नीति तथा लक्ष्य अनुसार यस नगरपालिकालाई पनि आत्मनिर्भर बनाउन पशु पालन व्यवसाय संचालन गर्न युवा जनशक्तिलाई प्रोत्साहन गरी युवा लक्षित कार्यक्रमलाई भैंसी पालन, बाख्रा पालन, कुखुरा पालनमा जोड दिईने, विश्वकै सानो र दुर्लभ अछामी नौमुठे गाईको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन गरी उत्पादन र उत्पादकत्वमा विशेष जोड दिईने, पशु उपचार तथा पशु स्वास्थ शिविर संचालन गरिने सेवा संचालन गरिने बताउनु भयो।
पर्यटन, सस्कृति तथा साहित्य तर्फ नगरपालिका क्षेत्र भित्रका लोक संस्कृति, रितिरिवाज, रहन–सहन परम्परा र पञ्चे बाजाको संरक्षण र सम्वद्र्धन गरिने, पहलमान सिंह स्वारको सम्झनामा साहित्य कार्यक्रम संचालन गरिने, बयालपाटा अस्पतालको लागि साँफेबगरमा भएका घटनाको स्मरण किताब प्रकाशन गरिने, पर्यटन संस्कृति तथा साहित्य मञ्च गठन गरिने, सुदूरपश्चिम प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा केवुलकार सेवा संचालन गर्न उनीसैन देखि सहस्रलिंगसम्म केबुलकार संचालनको लागि सम्भाव्यता अध्ययन गर्न पहल गरिने उल्लेख छ।
यस्तै छाउगोठ व्यवस्थापन तथा घर फर्क अभियान संचालन गरिने, पाठेघर खस्ने सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गर्ने, कुरिति, कुप्रथा र लैगिक विभेद विरुद्ध कार्यक्रम संचालन ,लागू पदार्थ दुव्यर्यशनि सम्बन्धी जनचेतना मुलक कार्यक्रम सचालन गरिने, सुरक्षित गर्भपतन सेवा र ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमलाई निरन्तरता दिईने, मानव बेचबिखन तथा ओसार–पसारमा परेका पिडित लाई सुरक्षा तथा व्यवस्थापन नीति नगरपालिकाले लिएको छ।
नीति तथा कार्यक्रममा वातावरण मैत्री विकासलाई प्राथमिकता दिईने, जलवायू परिवर्तनको असरलाई न्यूनीकरण गर्न तथा जलाधार क्षेत्रहरुको संरक्षणको लागि रिचार्ज पोखरी निर्माण गरिने विषय समावेश गरिएको छ। साथै नगरपालिकाले चालु आर्थिक वर्षका प्रमुख उपलब्धीहरु पनि सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेन।
दुई करोडको प्रक्षेपण गरिएकोमा ७९ लाख ८२ हजार ९ सय ३ रुपैयाँ राजश्व संकलन भएको छ। आगामी आर्थिक वर्षमा डेढ करोडको राजश्व संकलन गर्ने लक्ष्य लिईएको छ। नगर सभाका सभा अध्यक्ष तथा नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सभा संचालन भएको थियो।