साँफेबगर ।
वाक नेपाल र सेभ द चिल्ड्रेन ग्लोबल फण्डको साझेदारीमा अछाम र डोटी जिल्लामा संचालन भई रहेको एच.आई.भी./टी.वी. कार्यक्रमको जिल्ला स्तरिय सान्वयात्मक बैठक स्वास्थ्य कार्यालय डोटीमा सम्पन्न भएको छ।
वाक नेपालका अध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा भएको बैठकले स्थानीय सरकार तथा सरोकारवालाहरूसंग थप समन्वय र सहकार्य गरेर मात्र गतिविधिहरू संचालन गर्नु पर्ने, डोटी जिल्लाका सबै स्थानिय तहहरूमा कार्यक्रम लागु गर्नु पर्ने निर्णय गरिएको छ। यस्तै बैठकमा एच.आई.भी./टी.वी.कार्यक्रम मात्रै नभएर थप अन्य परियोजनाहरू लागू गर्न दातृ निकायको खोजी गरी परियोजनाहरू लागू गर्नु पर्ने, संस्थाले संचालन गरेका क्रियाकलापहरू गुणस्तरिय, पारदर्शी र सेवामुलक रहेकाले डोटी जिल्ला सहकार्य गरेर जान तयार रहेने निर्णय गरिएको छ।
यस्तै संस्थाले संचालन गर्ने हरेक काममा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो। बैठकका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह रहनु भएको थियो। यस्तै बैठकका विशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का रहनु भएको थियो।
बैठकमा जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट सुजित मण्डल, क्षयरोग र कुष्टरोग निरिक्षक पंकज कलौनी, सि.डि.एफ. नेपाल डोटीका अध्यक्ष खडकराज शर्मा, ए.आर.टि. इन्चार्ज कमल रेग्मी, दिपायल सिलगढी नगरपालिकाका सिनियर अहेब गणेश बहादुर भण्डारी, लालीगुराँस एकता समाज डोटी का संयोजक उपेन्द्र मल्ल, ए.एच.एफ. ए.आर.टि. काउन्सिलर शर्मिला मलासी, वाक नेपालका कविता सुवेदी, किर्ति कुमार खड्का, टेकेन्द्र परियार, शैलेन्द्र जोशी लगाएतको सहभागीता रहेको थियो।
बैठकमा उपस्थित सहभागीहरू मध्ये जिल्ला समन्वय समिति प्रमुख लक्षमण बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का, जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुजित मण्डल लगायतका सहभागिहरुले आ–आफ्ना सुझावहरू दिनु भएको थियो।