साँफेबगर ।
नेकपा एमाले बुढाकोट र पातलकोटको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटको अध्यक्षमा सर्जन परियार सर्वसम्मत रुपमा चयन हुनु भएको हो। साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटको दोस्रो वडा अधिवेशनबाट बिष्ट सहितको वडा कमिटी चयन भएको हो।
जसको उपाध्यक्षमा धर्म साउँद, सचिवमा जगत थापा, उपसचिवमा रुप बहादुर बि.क. सरु देवी साउँद, लगायतका सदस्य रहेका छन्। वडा कमिटीका अध्यक्ष झप्पर थापाको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले अछामका संगठन विभिग प्रमुख प्रकाश शाह प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सर्वसम्मत रुपमा चयन भएको नेतृत्वलाई बधाई ज्ञापन गर्दै उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिनु भएको थियो। पछिल्लो समय राजनीतिक दल प्रति नागरिकहरूमा वितृष्णता पैदा भई रहेको अवस्थामा पार्टीमा आवद्ध नेता कार्यकर्ताले एमालेको सिद्धान्त अनुसार कठोर भएर संगठन निर्माणमा लाग्नु पर्नेमा उहाँको जोड दिनु भएको थियो।
पार्टी भित्रका अन्तर विरोधहरूको समीक्षा सहित एमालेको आगामी मिसन प्राप्तिका लागि सबैको भूमिका हुनु पर्ने नेता शाहले बताउनु भएको थियो। राजनीतिक गठबन्धनका बिचमा पनि निर्वाचनमा नेकपा एमाले लोकप्रिय पार्टीको रुपमा स्थापित भएको स्मरण गराउँदै उहाँले आगामी निर्वाचनमा स्थानीय तह देखि प्रदेश हुँदै केन्द्रमा एमालेले एक बहुमत ल्याउने गरि आवश्यक भूमिका निर्वाह गर्न नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ।
कार्यक्रमका विशिष्ठ अतिथि पुष्पराज भट्ट, रामप्यारी कुँवर, जिल्ला सल्लाहकार सदस्य नर बहादुर कुँवर, नगर कमिटी सचिवालय सदस्य लम्बोधर प्रसद भट्ट, भक्त बहादुर कुँवर, राप्रपाका ईन्द्र बहादुर कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठनका जयन्द्र कुँवर लगायतका अतिथि रहनु भएको थियो। वडा कमिटी उपाध्याक्ष सर्जन परियारले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन वडा कमिटी सचिव रुप बहादुर बि.क.ले गर्नु भएको थियो। साथै निर्मला थापा अध्यक्ष र नन्दकला कुँवर सचिव रहने गरि अनेम संघ पनि गठन भएको जनाईएको छ।
यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटको दोस्रो अधिवेशन पनि सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले सर्वसम्मत रुपमा चयन भएको नेतृत्वलाई बधाई ज्ञापन गर्दै उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिनु भएको थियो। पछिल्लो समय राजनीतिक दल प्रति नागरिकहरूमा वितृष्णता पैदा भई रहेको अवस्थामा पार्टीमा आवद्ध नेता कार्यकर्ताले एमालेको सिद्धान्त अनुसार कठोर भएर संगठन निर्माणमा लाग्नु पर्नेमा उहाँको जोड दिनु भएको थियो। कार्यक्रमका विशिष्ठ अतिथि नेकपा एमाले जिल्ला सल्लाहकार कमिटी सदस्य कर्ण बहादुर साउँद रहनु भएको थियो।
अधिवेशनले रामचन्द्र जोशीको अध्यक्षतामा नयाँ वडा कमिटी चयन गरेको छ। कमिटीको उपाध्यक्षमा पदमा थापा, सचिव झंकर बि.क., उपसचिव सिर्जना टमट्टा, भजन ढोली, सदस्यमा मोहन बि.क., जैसु साउँद, रम्बा बोहरा, हर्क आउजी, रन बहादुर खड्का, राधिका शाह लगाएतका सदस्यहरु चयन गरिएका छन्।