साँफेबगर ।
नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाको अध्यक्षमा लोकेन्द्र बहादुर बिष्ट सर्वसम्मत रुपमा चयन हुनु भएको छ।
साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाको दोस्रो वडा अधिवेशनबाट बिष्ट सहितको वडा कमिटी चयन भएको हो। जसको उपाध्यक्षमा ललि सार्की, सचिवमा मन बहादुर साउँद, उपसचिवमा कालु बाब्ली, बिरु देवी सुनार, लगायतका सदस्य रहेका छन्।
वडा कमिटीका अध्यक्ष लोकन्द्र बहादुर बिष्टको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य पशुपती कुँवर प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले सर्वसम्मत रुपमा चयन भएको नेतृत्वलाई बधाई ज्ञापन गर्दै उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिनु भएको थियो।
पछिल्लो समय राजनीतिक दल प्रति नागरिकहरूमा वितृष्णता पैदा भई रहेको अवस्थामा पार्टीमा आवद्ध नेता कार्यकर्ताले एमालेको सिद्धान्त अनुसार कठोर भएर संगठन निर्माणमा लाग्नु पर्नेमा उहाँको जोड दिनु भएको थियो। पार्टी भित्रका अन्तर विरोधहरूको समीक्षा सहित एमालेको आगामी मिसन प्राप्तिका लागि सबैको भूमिका हुनु पर्ने नेता कुँवरले बताउनु भएको थियो।
राजनीतिक गठबन्धनका बिचमा पनि निर्वाचनमा नेकपा एमाले लोकप्रिय पार्टीको रुपमा स्थापित भएको स्मरण गराउँदै उहाँले आगामी निर्वाचनमा स्थानीय तह देखि प्रदेश हुँदै केन्द्रमा एमालेले एक बहुमत ल्याउने गरि आवश्यक भूमिका निर्वाह गर्न नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ। कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, नेकपा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सदस्य रुप बहादुर कुँवर, पुष्पराज भट्ट, अम्बीका खड्का कुँवर, हेमा नागरि, जिल्ला सल्लाहकार सदस्य दयानाथ जोशी, साँफेबगर नगर कमिटी उपाध्यक्ष ललित रैंगाई लगायतका अतिथि रहनु भएको थियो।
वडा कमिटी सहसचिव मन बहादुर साउँदले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन वडा कमिटी सचिव ललि सार्कीले गर्नु भएको थियो।
यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडको दोस्रो अधिवेशन पनि सम्पन्न भएको छ।
वडा कमिटीका अध्यक्ष राम बहादुर रोकायाको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य पशुपती कुँवर प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले सर्वसम्मत रुपमा चयन भएको नेतृत्वलाई बधाई ज्ञापन गर्दै उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिनु भएको थियो। पछिल्लो समय राजनीतिक दल प्रति नागरिकहरूमा वितृष्णता पैदा भई रहेको अवस्थामा पार्टीमा आवद्ध नेता कार्यकर्ताले एमालेको सिद्धान्त अनुसार कठोर भएर संगठन निर्माणमा लाग्नु पर्नेमा उहाँको जोड दिनु भएको थियो।
पार्टी भित्रका अन्तर विरोधहरूको समीक्षा सहित एमालेको आगामी मिसन प्राप्तिका लागि सबैको भूमिका हुनु पर्ने नेता कुँवरले बताउनु भएको थियो। कार्यक्रममा नेकपा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सदस्य रुप बहादुर कुँवर, अम्बीका खड्का कुँवर, नगर कमिटी सदस्य कविराज जोशी लगायतका अतिथि रहनु भएको थियो।
अधिवेशनले कुल बहादुर रावलको अध्यक्षतामा नयाँ वडा कमिटी चयन गरेको छ। कमिटीको उपाध्यक्षमा सुर्य बिक, सचिव खगेन्द्र कडायत, उपसचिव कला कडायत लगाएतका सदस्यहरु चयन गरिएका छन्।
यस्तै जेठ २४ गते साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथ, वडा नम्बर ९ बुढाको र वडा नम्बर १४ पातलकोटको दोस्रो अधिवेसन हुने जनाईएको छ।