साँफेबगर ।
११४ औं अन्तराट्रिय महिला दिवस साँफेबगरमा भव्य रुपमा मनाईएको छ। “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुलानाराका साथ ११४ औं अन्तराट्रिय महिला दिवस साँफेबगरमा भव्य रुपमा मनाईएको हो।
वाक नेपाल र सम विकास नेपालको आयोजनामा भएको कार्यक्रममा विभिन्न नारा लेखिएका प्लेकार्ड सहित एक र्यालीले नारा लगाउँदै बजार परिक्रमा गरेको थियो। उक्त र्याली बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियो।
कोण सभा वाक नेपालका अध्यक्ष बल बहादुर कुमालको अध्यक्षतामा भएको थियो। कार्यक्रममा वाक नेपालका पूर्व अध्यक्ष मिन बहादुर कुँवर, सम विकास नेपलका अध्यक्ष सत्य स्वार र वल्र्ड भिजन ईन्टरनेश्नलका मेनुका कुमारी मल्लले शुभकामना मन्तव्य राख्नु भएको थियो।
सोहि कार्यक्रममा वाक नेपालका विभिन्न परियोजनामा कार्यरत महिला कर्मचारीहरु र कार्य समितिका महिला पदाधिकारीहरुलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो।
कार्यक्रममा वाक नेपालका महाँसचिव अप्सरा कुँवर, कार्य समिति सदस्य सुरत बहादुर खड्का, सम विकास नेपालका कार्यक्रम संयोजक मोनिका कुँवर, लेखा अधिकृत बम रावल लगायत वाक नेपाल र सम विकास नेपालमा कार्यरत कर्मचारीहरु, ईभरग्रीन वोर्डिङ्ग स्कुल र बर्चहिल एकेडेमीका छात्राहरुको सहभागीता रहेको थियो।
कार्यक्रमको संचालन वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशीले गर्नु भएको थियो।