साँफेबगर ।
नेपालका चार धाम मध्येको एक अछामको वैद्यनाथ धाममा आयोजना भएको वैद्यनाथ कोटिहोम महायज्ञमा ८२ लाख ७२ हजार रुपैयाँ संकलन भएको छ। दुईवटा बैंकमा रहेका खाता गरि आईतबार सम्म उक्त रकम संकलन भएको हो।
वैद्यनाथ कोटिहोम महायज्ञ मुल आयोजक समितिको कृषि विकास बैंकमा रहेको खातामा ७९ लाख ७२ हजार र नेपाल बैंक लि. को खातामा ३ लाख गरि ८२ लाख ७२ हजार रुपैयाँ संकलन भएको कोटिहोम आर्थिक उपसमितिका सदस्य नेत्र कुँवरले बताउनु भयो। उहाँले आइतबार सम्म १९ लाख १२ हजार रुपैयाँ बैंक खातामा रहेको कुँवरले बताउनु भयो।
यस्तै उक्त रकमबाट विभिन्न शिर्षकमा गरि ६३ लाख ६० हजार रुपैयाँ खर्च भएको जनाईएको छ। दानबीरहरुबाट दान गर्ने प्रक्रिया जारी रहेको पनि जनाईएको छ।
सोमबार सबै भन्दा बढी १ लाख १ हजार १ सय रुपैयाँ दान गरिएको छ। उक्त रकम अछाम जिल्ला मंगलसेन नगरपालिका ५ का भुने भाटका तीन जना छोराहरु धर्मराज भाट, यमराज भाट र झंकर प्रसाद भाट मिलेर १ लाख १ हजार १ सय रुपैयाँ दान गरिएको हो।
वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरि आयुर्वेद मावि बनाउने, वैद्यनाथ क्षेत्रको विश्वव्यापी प्रचार–प्रसार गर्ने तथा वैद्यनाथ क्षेत्रको धार्मिक पर्यटकीय विकास गर्ने आदि उद्धेश्यले कोटिहोम संचालन संचालन गरिएको हो।
यस्तै नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यस वैद्यनाथ क्षेत्रमा ६र६ बर्षमा गरिने लक्षहोम सहितको अर्धकुम्भ मेला, १२र१२ बर्षमा गरिने महालक्षहोम सहितको कुम्भमेला र १४४ बर्षमा गरिने कोटिहोम महायज्ञ सहितको महाकुम्भ मेलाको परम्परालाई अक्षुण्ण राख्ने संकल्पका साथ वैदिक सनातन धर्म संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने, स्थानीय लोकसंस्कृति झल्किने कला–संस्कृति प्रदशर्न गर्ने कोटिहोमको उद्धेश्य रहेको छ।
कोटिहोममा दैनिक भजनकृतन, विशाल झाँकी प्रदर्शन, बेलुकी महाआरती विशेष हवन, ध्यान, कथा प्रवचन, विशेष प्रवचनहरू, भक्ति संगीत र झाँकी आदी कार्यक्रमहरू भई रहेका ऐतिहासिक वैद्यनाथ कोटिहोम महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष कुल बहादुर कुँवरले बताउनु भयो। चौथो दिनका सभा नायक डोटी निवासी उत्तमराज ओझा रहनु भएको थियो।
पहिलो चरणका प्रमुख अतिथि जय बहादुर साउँद रहनु भएको थियो। पाँचौँ दिन अन्तश्री विभुषित महामण्डलेश्वर आत्मानन्द गिरी प्रमुख व्यक्तित्वको रुपमा हुनु हुन्थ्यो। कोटिहोमले वैद्यनाथको प्रचार–प्रसार र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कोटिहोमले देशमा शान्ति, एकता, मेलमिलाप र सद्भाव समेत कायम हुने कोटिहोम मुल आयोजक समितिका अध्यक्ष शेर बहादुर कुँवरले बताउनु भयो।
उहाँले कोटिहोमको व्यवस्थापनलाई थप बजबुद बनाईएको र दिनप्रतिदिन दाता तथा श्रदालु भक्तलुजनहरु पनि आई रहेको र सबैलाई आउन पनि आग्रह गर्नु भएको छ। बिहीबारबाट सुरु भएको कोटिहोम फागुन २५ गते महाशिवरात्री मेला सम्म चल्ने छ।