अछाम ।
स्सुदूर आज डट्कमका सम्पादक पूर्ण बहादुर खड्कालाई युवा पत्रकारीता पुरुस्कार प्रदान गरिने भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको हरेक वर्ष प्रदान गरिने युवा पत्रकारीता पुरुस्कारका लागि खड्कालाई छनोट गरेको हो ।
नेपाल पत्रकार महासंघ अछामका सचिव समेत रहेका खड्कासंगै अरु ३ जनालाई समेत पुरुस्कार प्रदान गरिने भएको हो । जसमा तनहुँबाट बसन्ती बास्तोला, डोटी घर भई कैलालीमा कार्यरत सिताराम ओझा र अछाम घर काठमाण्डौँमा कार्यरत केशब बहादुर भुल रहेका छन् ।
मोफसल र दुर्गम क्षेत्रबाट गरी ४ जनालाई छनोट गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरुस्कारका लागि छनोट भएका ४ जना युवा पत्रकारलाई एक कार्यक्रमको ओजना गरिने पुरुस्कार वितरण गरिने मन्त्रालयले जनाएको छ ।
यस वर्षको पुरुस्कारमा सुदूरपश्चिमबाटै ३ जना र अछाम घर भएका २ जना छनोटमा परेका हुन् । अछाम घर भएर काठमाण्डौँमा पत्रकारीता गरिरहेका केशब भुल र अछाममै पत्रकारीता गरिरहेका पूर्ण बहादुर खड्का छनोट भएका हुन् ।
अछाम जिल्लाको पहिलो सामुदायिक रेडियो रामारोशनबाट २०६७ सालमा पत्रकारीता सुरु गरेका खड्काले साझा सवाल, पालिका खबरलाई विभिन्न स्थानिय तथा राष्ट्रिय संचार माध्यम काम गरिसकेका छन् ।
युवा पत्रकार खड्का हाल सुदूरआज अनलाईन पत्रिकाको सम्पादकका रुपमा कार्यरत छन् । यस्तै अछाम जिल्लाबाटै पत्रकारीता सुरु गरेका भुल नेपाल प्रेसको वरिष्ठ सम्बाद्दताका रुपमा कार्यरत छन् ।
भुलले यसअघि सामुदायिक सूचना नेटवर्क (सीआईएन) मा रहेर उनले करिव ४ वर्ष काम गरिसकेका छन् । त्यस अघि जागरण मिडिया सेन्टरमा केहि महिना मिडिया कोर्डिनेटर भएर काम गरेका थिए भने त्यसअघि हिमालय टेलिभिजनमा एक वर्ष काम गरेको अनुभव छ ।
यस्तै छनोट भएका अन्य २ जना युवा पत्रकारमा सिताराम ओझा उज्योलो अनलाईन र खबरकुञ्जमा कार्यरत छन् भने बास्तोला संचारिका समूहमा कार्यरत रहेकी छिन् । पत्रकारीताको माध्यमबाट युवाका क्षेत्रमा कलम चलाए वाफत उनिहरुलाई पुरुस्कार प्रदान गरिने भएको हो । पुरुस्कारको राशी ५० हजार रहेको छ ।
(निराकरण खबर बाट साभार)