मंगलसेन ।
नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आयोजक कमिटी अछामको छैटौं बैठक मंगलसेनमा सम्पन्न भएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन आयोजक कमिटीका अध्यक्ष कमल कोलको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो।
बैठकले माघ २६ र २७ गते हुने भनिएको जिल्ला सम्मेलन विविध कारण बस स्थगित भई फागुन ११ र १२ गते गर्ने निर्णय गरिएको छ। बैठकले प्रत्यक पालिका क्याम्पस र विद्यालय कमिटीबाट फागुन ४ गते प्रतिनिधि छनोट गर्ने र ५ गते आयोजक कमिटीको बैठक गर्ने निर्णय गरिएको छ। बैठकले सम्मेलन सफल पार्न कमल कोलीको संयोजकत्वमा मुल आयोजक कमिटी गठन गरेको छ। यस्तै बैठकले जिल्ला सम्मेलनका लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ।
बैठकले कमल कोलीको संयोजकत्वमा राजनितिक तथा सांठनिक प्रतिवेदन लेखन उपसमिति, जगत भण्डारीको संयोजकत्वमा आर्थिक लेखन उपसमिति, रेबन्त बिष्टको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, श्याम सुन्दर रावलको संयोजकत्वमा प्रतिनिधि छनोट उपसमिति, भिम बडाहितको संयोजकत्वमा खाद्य तथा आवास उपसमिति, जगत भन्डारीको संयोजकत्वमा मंच व्यावस्थापन उपसमिति र राधिका उपाध्यायको संयोजकत्वमा सांस्कृत्क उपसमिति गठन गरिएको छ।
बैठकका प्रमुख अथिति नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा रहनु भएको थियो। यस्तै बैठकका विशिष्ट अतिथि नेकपा एमाले अछामका सचिव भिम रावल कालोटोपी जिल्ला सचिवालय सदस्य लिलाराज केसी, पूर्व विद्यार्थी नेता डि.बि. साउँद, नेकपा एमाले जिल्ला कमिटी सदस्य पदम धामी, पुष्प कठायत, मंगलसेन नगर कमिटी अध्यक्ष बृख बोगटी, अनेरास्ववियु अछामका इन्चार्ज मन्पुरा शाही, केन्द्रीय लेखा आयोग सदस्य कर्ण बुढा, स्ववियु सभापति सुरेन्द्र चलाउने अनेरास्ववियु प्रदेश कमिटी सदस्य नारायण कुँवर, देवसरा भण्डारी लगायतको उपस्थिति रहेको थियो।
बैडकको संचालन अनेरास्ववियु अछामका सचिव भिम बडाहितले गर्नु भएको प्रचार विभाग प्रमुख रेबन्त बिष्टले जानकारी दिनु भएको छ।