साँफेबगर ।
“आजको आवश्यकता , सामाजिक विकासका लागि पारिवारिक एकता” भन्ने मुल नाराका साथ भुल एकता समाज अछामको दोश्रो भेला साँफेबगरमा सम्पन्न भएको छ।
भेलाबाट सुरत बहादुर भुलको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ। जसमा उपाध्यक्ष एकेन्द्र भुल, महासचिव भ्वान सिंह सार्की, सचिव सुरत बहादुर भुल, कोषाध्यक्ष ममिता भुल, सदस्य डबल बहादुर भुल लगायत अन्य सदस्यहरु रहेका छन्।
सुरत बहादुर भुलको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। जसमा सेत बहादुर भुल र तुले भुल सदस्य रहेका छन्।
समितिका महासचिव भ्वान सिंह सार्कीलाई प्रवक्ताको समेत जिम्मेवारी दिईएको छ। एकता समाजका अध्यक्ष सुरत बहादुर भुलको अध्यक्षतामा भएको भेलामा प्रवासमा बस्दै आउनु भएका भुल एकता समाजका संस्थापक केन्द्रीय महासचिव पदम भुल प्रमुख अतिथि रहनु भएको थियो।
एकता समाजका काठमाण्डौ उपत्यका समितिका अध्यक्ष रुपबहादुर भुल, केन्द्रीय सचिव धन बहादुर भुल, विशिस्ट अतिथि रहनु भएको थियो।
भेलामा विद्यार्थी प्रमुख सुनिल भुल, मोहित भुल लगायत अन्य अतिथिहरुको सहभागिता रहेको थियो।
जिल्लामा रहेका सम्पुर्ण भुल समुदायहरु एकतावद्ध रुपमा बाधिएर पारस्परिक सम्बन्ध बनाउनुका साथै सामाजिक सेवा र पछाडि परेको वर्ग संघर्षका लागि यो एकता समाजले आर्थिक, भौतिक, नैतिक सहयोग गरि समाजमा एक आपसमा भाईचाराको जस्तै सम्बन्ध कायम गर्ने प्रवक्ता भ्वान सिंह सार्कीले जानकारी दिनु भयो।