साँफेबगर।
लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तरगत दोस्रो चरण अन्तरगत लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटमा सम्पन्न भएको छ।
युएनएफपीएको आर्थिक सहयोग, युएसओ र पीसविन नेपालको सहयोगमा छलफल सम्पन्न भएको हो। छलफलका क्रममा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तरगत दोस्रो चरणको बारेमा जानकारी लैंगिक तथा सामाजिक मुल्य मान्यता रुपान्तरण सम्बन्धि अन्तरक्रियाका बारेमा छलफल भएको थियो।
लिंग र लैंगिकता, लैंगिक विभेदमा आधारित हिंसा, हिंसाका प्रकार, असर र परिणामहरु असमान शक्ति सम्बन्ध र यसका कारण हुने लैंगिक हिंसा रेफरल निकाय र स्थानीय लैंगिक हिंसा निवारण कोष सम्बन्धि छलफल गरिएको थियो। यस्तै छलफलमा हिंसा रोकथाम गर्ने र हिंसा प्रभावितहरुलाई सहयोग गर्ने समुदायमा आधारित संघ संस्थाहरुको भुमिका र जिम्मेवारी लगाएतका विषयमा छलफल भएको थियो।
कुमालगाउँ सामुदायिक वन उपभोक्ता समुहका सचिव मीन बहादुर कुमालको अध्यक्षतामा भएको छलफल कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटका वडा अध्यक्ष हिक्मत कडायत रहनु भएको थियो। यस्तै छलफलमा वडा सदस्य पशुपति बिक, कुमालगाउँ सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष टकि बोहरा, सामाजिक परिचालक ज्ञानी कुमारी शाह, कुमालगाउँ सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
छलफलको सहजीकरण पीसविनका जिल्ला संयोजक गोकुल खड्का, सामुदायिक स्वयम सेवक सिता कुँवर, विदुर रावल र एकेन्द्र महताले गर्नु भएको थियो।