साँफेबगर।
वाक नेपालद्धारा सञ्चालित सामाजिक रुपान्त्रणका लागि महिला सशक्तिकरण (वेष्ट) परियोजनाको पालिका स्तरीय समिक्षा तथा परिचयात्मक बैठक साँफेबगरमा सम्पन्न भएको छ। साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर शिलोजको अध्यक्षता बैठक सम्पन्न भएको हो।
पालिका स्तरीय समिक्षा तथा परिचयात्मक बैठकमा बोल्दै नगर उपप्रमुख कुँवरले महिलाको सामाजिक क्षेत्रमा रुपान्तरण भए पनि आर्थिक रुपान्तरण भने हुन नसकेको धारणा व्यक्त गर्नु भयो। उहाँले अब महिलाको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले आर्थिक आयआर्जनका कार्यक्रमहरु अघि बढाउनु पर्नेमा सुझाव दिनु भयो।
उहाँले यस्ता कार्यक्रमहरुमा नगरपालिका सहकार्य गर्न तयार रहेको समेत जानकारी दिनु भयो। कार्यक्रमका सहभागिले संस्थाले गर्ने काममा स्थानीय तहको पनि सहभागिता हुनु पर्नेमा जोड दिएको थिए।
वाक नेपालका कार्यक्रम व्यावस्थापक चेतराज जोशीले संस्थाको विषयगत क्षेत्र, संस्थाले १ बर्षको अवधीमा गर्ने कार्यको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा साँफेबगर नगरपपालिका वडा नम्बर २, ३, ४, ५ ७, १० र १३ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा प्रतिनिधी, बाल संरक्षण अधिकृत भवान सिंह सार्की लगाएतको सहभागिता रहेको थियो।
संस्थाका पूर्व अध्यक्ष मिन बहादुर कुँवरले संस्थाको बारेमा जानकारी सहित स्वागत मन्तव्य राख्नु भएको बैठकको संञ्चालन सामाजिक रुपान्त्रणमका लागि महिला सशक्तिकरण परियोजनाका कार्यक्रम अधिकृत सत्य स्वारले गर्नु भएको थियो।