मेल्लेख ।
मर्यादित महिनावारी हिंसा रहित सुन्दर घरबारी विषयक अन्तरक्रिया कार्यक्रम अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ विन्देवासिनीमा सम्पन्न भएको छ।
डब्लु डब्लु डि पी जर्मनीको आर्थिक सहयोग मेल्लेख गाउँपालिका वडा नम्बर ५ को समन्वय तथा एस नेपाल साथ परियोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। एस नेपालद्वारा मेल्लेख गाउँपालिकामा संचालन भएको किशोर किशोरीको प्रजनन स्वास्थ्य (साथ) परियोजना अन्तरगत महिनावारी व्यवस्थापन बारे, स्वास्थ्य स्वयम सेविका, विद्यार्थी राजनीतिक दल र अन्य सरोकारवालाहरुका बीच अन्तरक्रिया सम्पन्न भएको हो।
सहभागी किशोर तथा किशोरीहरुले महिनावारी अवस्थाका समस्या, लैंगिक हिंसा, बाल विवाह बारे समस्या राख्दै यी समस्याको समाधान गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन्।
मेल्लेख गाउँपालिका गाउँ कार्यपालिका सदस्य ललिता कुमारी बि.क.को अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ५ विन्देवनसिनीका वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले प्रमुख अतिथिको आसनबाट बोल्दै बाल विवाह न्यूनीकरण, किशोर किशोरीका समस्याको समाधान बारे आफू लागि रहेको र गाउँपालिकाका प्रत्येक विद्यालयहरुमा किशोरी महिनावारी भएको अवस्थामा एउटा बेड सहितको प्याड परिवर्तन कोठा बनाउन पहल भई रहेको बताउनु भयो।
कार्यक्रममा वडा सदस्य नयन सिंह साउँद, महिला वडा सदस्य राधिका देवी रोकाया, नेपाली कांग्रेसका प्रतिनिधि मोती सिंह साउँद, नेकपा एमालेका जोगि बोहरा, युवा प्रतिनिधि गोकुल बोहरा लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।
एस नेपालका कार्यक्रम संयोजक गोरख महताले कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्नु भएको थियो भने एस नेपालका अध्यक्ष तेजराज उपाध्यायले किशोर किशोरी प्रजनन स्वास्थ र महिनावारी अवस्थामा के कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा जानकारी दिनु भएको थियो।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण पत्रकार एकेन्द्र महता र रमेश परियारले गर्नु भएको थियो।