साँफेबगर ।
साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट स्थित श्री बेताल माण्डौँ माध्यामिक विद्यालयमा माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक बैठक सम्पन्न भएको छ।
वाक नेपालद्धारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजना अन्तरगत माध्यमिक विद्यालय स्तरिय समन्वयात्मक बैठक सम्पन्न भएको हो। समन्वयात्मक बैठक मार्फत विद्यालयमा बालबालिकाहरुको नियमित तथा अनियमितता, फरक क्षमता भएका बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याईने, कुन टोलका विद्यार्थीहरु विद्यालयमा नियमित छन् वा छैनन् त्यसको खोजी गर्ने, सरसफाई छन् वा छैनन् लगाएतका विषयमा छलफल गरिएको थियो।
यदि बालबालिकाहरु विद्यालयमा नियमित छैनन् भने त्यस्तो टोलमा गठन भएका आत्मानिर्भर समुहमा छलफल गरि उनीहरुलाई विद्यालयमा उपस्थिति गराउने विषयमा छलफल गरिएको थियो।
बेताल माण्डौँ माध्यमिक विद्यालयका प्रधानाध्यापक धम्रेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको समन्वयात्मक बैठकमा विद्यालयका व्यवस्थापन समिति सदस्य भक्त बहादुर कुँवर, भिम बहादुर बडाहित, सरिता थापा, भाना कुमारी महता, विद्यालयका शिक्षक कप्लेश्वर प्रसाद शाह, दुर्योधन रावत, हेमराज उपाध्याय, प्रेम बहादुर ठकुल्ला, शान्ती कुमारी ओझा, गोविन्दराज जैशी, सुरत बहादुर ठकुल्ला, कविराज शर्मा, बम प्रसाद भट्ट, बसन्ती ठकुल्ला, शेर बहादुर महता, मिना देवी रावत विद्यार्थी लगाएको उपस्थिति रहेको थियो।
बैठकको सहजीकरण वाक नेपालद्धारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाका सहजकर्ता अप्सरा बुढा महता र लेखापाल पुजा साउँदले गर्नु भएको थियो।