साँफेबगर ।
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल साँफेबगरमा सम्पन्न भएको छ। बाल शोषण अन्त्य र बालमैत्री नगरको लक्ष्य, बाल अधिकार सुनिश्चितता साँफेबगरको सवल पक्ष भन्ने मुुल नाराका साथ बैठक सम्पन्न भएको हो।
साँफेबगर नगरपालिकाको आयोजना, आस्था नेपाल, वल्र्ड भिजन ईन्टरनेश्नलसंगको साझोदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत रहि स्थानीय बाल अधिकार समिति साँफेबगरसंग बैठक सम्पन्न भएको हो।
बैठकमा बालबालिकामा लगानी व्यवस्था, अवस्था र आगामी प्राथमिकता, सार्वजनिक राजश्व परिचालन, बजेट विनियोजन र मितव्ययी खर्चका बारेमा छलफल गरिएको थियो। यस्तै बालमैत्री शासनको अवयव, नीति संरचना र कार्यक्रम लगानी बजेट, सहभागिता, सुनुवाई, समन्वय तथा सहकार्य, प्रभावकारीता, सक्षमता, समता, पारदर्शिता र दीगोपनाका बारेमा छलफल गरिएको थियो।
यस्तै बैठकमा गैर विभेदीकरण अन्तरगत बालबालिकाका लागि बजेट तथा कार्यक्रम निर्माण, विनियोजन तथा खर्चका सबै चरणमा कुनै पनि आधारमा बालबालिका प्रति विभेद गर्न नहुने, विशेष संरक्षणको आवश्यकता भएका बाल बालिकाका लागि लगानी बढाउनु पर्ने, बालबालिका बिचमा भएका असमानता तथा विभेद अन्त्य गर्नु पर्ने विषयमा छलफल गरिएको थियो।
साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा स्थानीय बाल अधिकार समिति साँफेबगरका अध्यक्ष शिव बहादुर कुँवर शिलोजको अध्यक्षतामा भएको बैठकमा बालबालिकाको सर्वाेतम हित अन्तरगत बजेट निर्माण विनियोजन तथा खर्चका हरेक चरणमा बालबालिकाको सर्वाेतम हितको सुनिश्चितता हुनु पर्ने, बाल अधिकार प्रभाव मुल्यांकन गर्नु पर्ने, बालबालिकाको सर्वाेतम हित निर्धारण तथा मुल्यांकनलाई प्राथमिकतामा राख्नु पर्ने विषयमा छलफल गरिएको थियो।
यस्तै दीर्घ जीवन र विकास अन्तरगत बजेट निर्माण, विनियोजन तथा खर्चको प्रत्येक चरणमा बालबालिकाको उमेर अनुसारको बृद्धि तथा विकास र आवश्यकतालाई उच्च प्राथमिकतामा राख्नु पर्ने, प्रारम्भिक बाल विकासमा विशेष लगानी गर्नु पर्ने र बालबालिकाको विचार र भावनाको कदर अन्तरगत बालबालिकाको जीवनमा प्रभाव पर्ने नीति, कार्यक्रम तथा बजेट निर्माण तथा कार्यन्वयनमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चितता हुनु पर्ने, बजेट पारदर्शिता कायम राख्नु पर्ने, बालबालिकाको बालमैत्री ढंगबाट सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गरिनु पर्ने विषयमा छलफल गरिएको थियो। यस्तै बैठकमा अधिकार सम्बन्धि तर्क, सामाजिक तथा राजनीतिक विषय सम्बन्धि तर्क, आर्थिक विकास सम्बन्धि तर्क र भौतिक तथा सम्वेदनात्मक तर्क सम्बन्धि छलफल गरिएको थियो।
बैठक मार्फत आगामी प्राथमिकता तथा साझा धारणा अन्तरगत बालबालिका सम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७८ ले व्यवस्था गरे बमोजिम प्रत्येक स्थानीय तह, प्रदेश तह र संघीय तहमा जोखिममा रहेका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लागि संरक्षण सेवा प्रदान गर्न बाल कोषको व्यवस्था गर्ने, कुल पूँजीगत रकमबाट निश्चित प्रतिशत रकम बालबालिकाका क्षेत्रमा अनिवार्य रुपमा प्रत्यक्ष विनियोजन नीतिगत व्यवस्था गर्ने, बालबालिकामा राज्यको तर्फबाट भएका लगानीको तथ्यपरक विश्लेषण गर्न तथा लगानी प्रभावकारी बनाउन बाल बजेट कोडको निर्माण गरी कार्यान्वयनमा ल्याउने विषयमा छलफल गरिएको थियो। यस्तै बालबालिकाको क्षेत्रमा लगानी प्रवर्धनका लागि आन्तरिक स्रोत परिचालन सम्बन्धी स्पष्ट नीतिगत व्यवस्था मिलाउने, कर्पोरेट तथा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व सिएसआर अन्तर्गत बालबालिकाको क्षेत्रमा लगानी प्रवद्र्धधनका लागि पहल गर्ने बालमैत्री शासन कार्यान्वयन तथा प्रवद्र्धधनका क्षेत्रमा लगानीका लागि द्विपक्षीय तथा बहुपक्षीय निकाय, संयुक्त राष्ट्र संघीय निकाय, अन्तर्राष्टिूय समुदाय, विकास साझेदारलाई आकर्षण गर्ने, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन एलआईएसए मा बालबालिकाका लागि अनिवार्य बजेट विनियोजन सूचकको रुपमा समावेश गर्ने र वि.स. २०८७ सम्म सबै स्थानीय तह बालमैत्री, पोषणमैत्री घोषणा गर्न तथा बाल विवाह अन्त्यका लागि लगानी सुनिश्चितता सहितको कार्यान्वयन योजना तर्जुमा गर्न तयारी गर्ने विषयमा छलफल गरिएको जनाईएको छ।
बैठक तथा छलफल कार्यक्रममा दशवटै वडाका वडा अध्यक्षहरु, साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर बहादुर थापा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख हिरादत्त भट्ट, कानुन शाखाका निर्प विश्वकर्मा, स्वास्थ्य शाखाका सुरत बहादुर खड्का, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका मनिषा ढुंगाना, इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नेत्र कठायत, गैर सरकारी संस्था महासंघ अछामका उपाध्यक्ष ढकेन्द्र कुँवर, नगर स्तरिय बाल संजालका अध्यक्ष हिमाल ताम्राकार लगाएतको उपस्थिति रहेको थियो। बैठकको संचालन तथा सहजीकरण आस्था नेपालद्धारा संचालित बाल संरक्षण परियोजनाका बाल संरक्षण अधिकृत तथा स्थानीय बाल अधिकार समिति सदस्य भ्वान सिंह सार्की, पत्रकार एकेन्द्र महता र रमेश परियारले गर्नु भएको थियो।