साँफेबगर।
नेपाल सरकारका पुर्व डिआईजी डा. देव बहादुर बोहराले विद्यालयलाई आर्थिक सहयोग गर्नु भएको छ। अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४ भण्डारी गाउँ घर भई हाल काठमाण्डौं बस्दै आउनु भएका नेपाल सरकारका पुर्व प्रहरी नायव महानिरीक्षक पुर्व डिआईजी डा. बाेहराले भण्डारी गाउँ स्थित भगवती आधारभूत विद्यालयलाई एक कार्यक्रमका बिच एक लाख एक हजार एक सय एघार रुपैयाँ आर्थिक सहयाेग गर्नु भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर भण्डारीको अध्यक्षतामा भएको आर्थिक सहयाेग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पुर्व प्रहरी नायव महानिरीक्षक डिआईजी डा. देव बहादुर बाेहरा रहनु भएको थियो। प्रमुख अतिथिकाे आशनबाट बाेल्दै डा. बाेहराले भन्नु भयाे "एक मानिस परिपक्व बन्न सुरुमा जग बसाल्ने र आफ्नाे भविष्य खाेज्ने हाे भने शिक्षा अपरिहार्य छ, जसकाे श्राेत विद्यालय हाे। तसर्थ राम्राे भए आफुले र बिग्रे अरुले भन्ने दाेषाराेपणले भन्दा पनि तेराे मेराे नभनेर जेष्ठ नागरिकका अनुभव र सल्लाह लिँदै शिक्षक र अभिभावककाे हातेमालोबाट मात्रै विद्यालय बन्न सक्छ।
"याे मैले गरेकाे सहयाेग भयंकर गरे भन्दिन अरु दाजुभाईले पनि सक्दाे सहयाेग गराैँ भन्ने सन्देश मात्रै हाे।" उहाँले आगामी दिनमा पनि विद्यालयलाई आफ्नाे सहयाेग रहने प्रतिवद्धता समेत जनाउनु भयाे। यस्तै काठमाण्डौं महाराजगञ्ज स्थित वीर अस्पतालका पुर्व निर्देशक डा. केदार सेञ्चुरीले पनि विद्यालयलाई पाँच हजार रुपैयाँ सहयाेग गर्नु भएको छ।
आर्थिक सहायोग हस्तान्तरण कार्यक्रममा पुर्व डिआईजी बाेहराका धर्मपत्नी माेनी थापा बाेहरा, बाेहराका आमा ललिता देवि बाेहरा, साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य नारायण प्रसाद उपाध्याय, सुनिता भुल, पुर्व गाविस अध्यक्ष धन बहादुर भण्डारी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष टंक बहादुर भण्डारी, लाल बहादुर रावत, शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर श्रेष्ठ, समाजसेवी हेेमकर्ण बुढा, गणेश रावत, मनविर भुल, बुद्धि दमाई, धन बहादुर लुहार, नर्मा खत्री लगायतका अभिभावक, शिक्षक र विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे।