मेल्लेख ।
अछाम जिल्लाको मेल्लेख गाउँपालिका स्तरिय बाल अधिकार समितिद्धारा गाउँपालिकाको बाल कोषबाट बालबालिकालाई स्टेश्नरी सहयोग गरिएको छ। गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका अति जोखिममा रहेका, विपन्न, असहाय तथा अपांगता भएका २४ जना बालकबालिकालाई स्टेश्नरी सहयोग गरिएको हो।
मेल्लेख गाउँपालिकाको सहजीकरणमा २४ जना बालबालिकालाई झोला, स्कुल डे«स, कापी, कलम, शिसाकलम, औजार बक्स, कलर पेनशिल गरि एक जनालाई ३ हजार पाँच सय रुपैयाँ बराबरका शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको जनाईएको छ।
यस्तै मेल्लेख गाउँपालिका स्तरिय बाल अधिकार समितिका अध्यक्ष नृप बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकाले मेल्लेख गाउँपालिकामा आस्था नेपाल वल्र्डभिजन इन्टरनेश्नल नेपालको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगात पालिका स्तरिय बाल अधिकार समितिका पदाधिकारी तथा मेल्लेख गाउँपालिकामा संचालित रुपान्तर कक्षा र वडा नम्बर ४ कुस्कोटमा संचालन भई रहेको सिईडब्लु ईभेन्टको अवलोकन गरिएको थियो। पालिका स्तरिय सिआरसि सक्रिय रहि कार्य गरि रहेको, प्रत्येक वडामा अति जोखिममा रहेका बालबालिकाको तथ्यांक अध्यावधिक गर्ने, बालमैत्री संरचना निर्माणका लागि सरोकारवाला निकायसंग समन्वय र सहकार्य गर्दै आगामी दिनमा सिआरसि बैठक गर्दा अध्यक्ष र घटना व्यवस्थापकलाई बोलाउने निर्णय गरिएको छ।
यस्तै मेल्लेख गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्म संचालन भई रहेका रुपान्तरण कक्षा प्रभावकारी भएकाले आगामी दिनमा पालिका आफैले संचालन गर्ने गरि थप कक्षाका लागि आर्थिक बर्ष २०८०÷०८१ मा रुपान्तरण कक्षा संचालनका लागि बजेट विनियोजन गर्ने र असोज मसान्तसम्म मेल्लेख गाउँपालिकाको वडा नम्बर ६ र ७ लाई बालमैत्री स्थानीय शासन अवलम्बन वडा घोषणा गर्नका आवस्यक बजेट विनियोजन गर्ने निर्णय गरिएको जनाईएको छ।
बैठकमा मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँद, प्रमुख प्रशासकीय अधिकृत धु्रव प्रसाद साप्कोटा, वडा नम्बर ८ हात्तिकोटका वडा अध्यक्ष महेश ठकुल्ला, स्वास्थ्य शाखा प्रमुख बिर बहादुर ठकुल्ला, महिला शाखा प्रमुख सावित्रा खड्का, वल्र्डभिजन ईन्टरनेश्नल नेपालका पश्चिम कार्यालय प्रवन्धक चेतराज भट्टराई, बाल स्पोन्सरसिप विज्ञ नारद मलासी, स्पोन्सरसिप फिल्ड संयोजक मेनका मल्ल, आस्था नेपालका जिल्ला प्रवन्धक रुप बहादुर चन्द, आस्था नेपालका बोर्ड सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको आस्था नेपालका बाल संरक्षण अधिकृत तथा पालिका स्तरिय बाल अधिकार समिति सदस्य भ्वान सिंह सार्कीले जानकारी दिनु भयो।