डडेल्धुरा ।
महालक्ष्मी विकास बैंक लि. डडेल्धुरा शाखाले सामाजिम उत्तरदायित्व कायक्रम अन्तर्गत अमरगढी नगरपालिका वडा नम्बर ८ स्थित श्री उग्रतारा वेद विद्याश्रमलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ।
“सबल बैंक, सफल सहकार्य” को मुल नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि सेवा दिदै आई रहेको महालक्ष्मी बिकास बैंक लि. डडेल्धुरा शाखाले सामाजिम उत्तरदायित्व कायक्रम अन्तर्गत खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो।
देश भरी १०३ शाखा तथा ४६ वटा ए.टी.एम मार्फत लगभग ६ लाख भन्दा बढी ग्राहकहरुमा अनवरत रुपले गुणस्तरीय बैकिंग सेवा प्रदान गर्दै आई रहेको छ। बैंकको डडेल्धुरा शाखाले एक कार्यक्रमका बिच वेद विद्याश्रमका बटुकहरुलाई खानपानमा सहज होस भन्ने हेतुले दश बोरा चामल, दुई कार्टुन खाने तेल, बीस किलो आयोनुन, बीस किलो दाल सहित विविध खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ।
उक्त खाद्यन्न हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमराज भट्ट, शिक्षक, विद्यार्थी, अन्य विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा वेद विद्याश्रमका बटुकहरुले स्वस्ति वाचन गर्नुका प्राचार्य भट्टले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।
यसै गरी बैंकको तर्फबाट शाखाका शाखा प्रबन्धक चेतराज पाण्डेयले बैंकका विभिन्न क्रियाकलापका बारेमा उक्त कार्यक्रममा प्रकाश पार्नुका साथै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कायक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै जाने कुरा जानकारी गराउनु भएको थियो।