साँफेबगर।
केएनएचको आर्थिक सहयोगमा वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमको समन्वयात्मक बैठक साँफेबगर नगरपालिकाका दुई वडामा सम्पन्न भएका छन्। वडामा रहेका पिछडिएका तथा पछि परेका महिला तथा बालबालिकाको सामाजिक, आर्थिक क्षमता बृद्धि विकास गर्ने उद्धेश्यले सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रम संचालन गरिएको हो।
बुधबार साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीका वडा अध्यक्ष सेत बहादुर कुँवरको अध्यक्षतामा भएको समन्वयात्मक बैठक मार्फत परियोजनाको विस्तृत जानकारी तथा अहिलेसम्म भए गरेका क्रियाकलापहरुको समिक्षा गरिएको थियो।
समन्वयात्मक बैठकमा नगर कार्यपालिका सदस्य उमा देवी उपाध्याय, वडा सदस्य मिन बहादुर कुँवर, हंश कुँवर, सरिता लुहार, नेकपा एमाले वडा कमिटी अध्यक्ष सुरेश स्वार, नेकपा माओवादी केन्द्रका मिना कुँवर, त्रिपुरा सुन्दरी माविका श्क्षिक गगन सिंह बोहरा, सामाजिक सहजकर्ता कल्पना स्वार, सामाजिक मनोविमर्शकर्ता सिर्जना कुँवर, कृषि शाखाका डम्मरा कुँवर सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजना अधिकृत सत्य स्वार, आत्मानिर्भर समुहका सदस्यहरुको सहभागिता रहेको थियो।
बैठकको संचालन वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमका सहजकर्ता कमला कुँवरले गर्नु भएको थियो।
यस्तै सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक बिहीबार साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा पनि सम्पन्न भएको छ।
वडा अध्यक्ष रुप बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकमा वडा सदस्य बल बहादुर साउँद, बसन्ती बिष्ट, बिरु सुनार, हंश साउँद, नेपाली कांग्रसका सभापति गोरख कुँवर, पशु प्राविधिक चन्द्र कुँवर, महिला संजालका बिर्मा रेग्मी, सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमका अधिकृत सत्य स्वार, विभिन्न टोलमा गठित आत्मानिर्भर समुहका पदाधिकारीको सहभागिता रहेको थियो।
बैठकको संचालन वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमका सहजकर्ता पार्वती पुनमगरले गर्नु भएको थियो।