साँफेबगर ।
साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको छ। वडा कार्यालयको आयोजनामा कार्तिक २२ आएको भुकम्पका कारण भएको क्षेतिको विवरण संकलन गरीएको हो।
वडा कार्यालयको आयोजना र वडा अध्यक्ष ललित बोगटीको नेतृत्वमा सरोकारवालाहरुको सहभागितामा वडाका सबै टोलमा पुगेर भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको वडा कार्यालयले जनाएको छ। वडा भरी जम्मा पाँच सय ७९ घरधुरी मध्ये वडा ५९ वटा घर पूर्ण क्षेति, आंशिक एक सय ५२ र तीन सय ६८ घरमा सामान्य क्षेति भएको छ।
यस्तै गाई भैंसीलाई राख्न बनाईएका ११ वटा गोठ (छाना) र छ वटा पसलमा क्षेति भएको पाईएको छ। यस्तै वडा भरी २१ वटा शौचालयमा पनि क्षेति पुगेको जनाईएको छ। यस्तै भुकम्पका कारण ५ वटा विद्यालयका भवनमा पनि क्षेति पुगेको छ। यस्तै वडामा रहेका मठ मन्दिर तथा पोखरीहरुमा पनि भुकम्पका कारण क्षेति भएको जनाईएको छ।
शनिबार भुकम्पका कारण जोखिममा रहेका नागरीकलाई वितरण गर्न नगरपालिकाले हस्तान्तरण गरीएका २५ वटा त्रिपालहरु पनि भुकम्प पीडितलाई वितरण गरीएको छ। यस्तै विभिन्न टोलमा गरी १६ वटा शौचालयमा पनि क्षेति भएको जनाईएको छ।
आफूहरु वडाका सबै टोलमा गएर सबैले सुरक्षित रहन सुझाव दिएका वडा अध्यक्ष ललित बोगटीले बताउनु भयो। उहाँले भुकम्प पीडित नागरिकलाई राहत प्रदान गर्नका लागि नगरपालिका लगाएतका निकायसंग समन्वय र्भइ रहेको पनि बताउनु भयो।
क्षेतिको विवरण संकलनमा नगरकार्यपालिका सदस्य अनिल रैगाई, वडा सदस्य भुपेन्द्र महता, मथुरा बि.क. उर्मिला खड्का, हस्त भुल, सामाजिक परिचालक राजेन्द्र बि.क., पत्रकार एकेन्द्र महता लगायत सरोकारवालाको सहभागिता रहेको थियो।