साँफेबगर।
नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश १ को मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादवि र वडा नम्बर ३ शिद्धेश्वरमा सम्पन्न भएको छ।
कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेदवार देव बहादुर कुँवरले प्रदेश १ बाट आफुलाई जिताए जनताको सेवक भएर काम गर्ने बताउनु भएको छ। उहाँले जिल्लाको सडक, खानेपानी लगायत पूर्वाधार विकासका विगतका योजनालाई पुरा गर्न एमालेको जित आवश्यक रहेको बताउनु भयो।
साथै अछामको समृद्धि र विकासका लागी एमालेको जीत आवश्यक रहेको बताउदै आफुहरुलाई जिताउन आग्रह गर्नु भयो।
यस्तै चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार राधिका भुजेलले एमालेका उम्म्मेदवारले विजय प्राप्त गरी सके पछि जनताको आवश्यकता र चाहना अनुसारका कार्यक्रम संचालन गरीने बताउनु भएको छ। उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्ने योजना रहेको बताउनु भएको छ।
कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा नेकपा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य हर्क बहादुर कुँवर गोविन्द, प्रदेश कमिटी सदस्य पसुपति कुँवर, संगठन विभाग प्रमुख प्रकाश शाह, प्रवासि नेपाली संघका आकाश कुँवर, अनेरास्वीयूका केन्द्रीय उपाध्यक्ष मोति बि.क., नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा युवा फाँट प्रमुख हिरिण्ड बहादुर कुँवर, जिल्ला कमिटी सदस्य रतन रावल लगाएको सहभागिता सहभागिता रहेको थियो।
यस्तै नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश २ को मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम मेल्लेख गाउँपालिकाको वडा नम्बर ७ नन्देगडा, वडा नम्बर ६ शोडषा र वडा नम्बर ५ विन्देवासेनीमा सम्पन्न भएको छ।
कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश सभा २ का उम्मेदवार कृष्ण प्रसाद जैशीले अछामको समृद्धका लागि हरेक अछामी नागरिकले एमालेका उम्मेदवारको पक्षमा मतदान गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो। बालबालिका देखि जेष्ठ नागरिकको सुरक्षा एमालेले गरेको भन्दै आगामी दिनहरूमा पनि एमालेले अझ प्रभावकारी रूपमा काम गर्ने बताउनु भयो।
यस्तै समानुपातिक उम्मेदवार राधिका भुजेलले मेल्लेखको समृद्धिका लागि एमालेका उम्मेदवारको जित आवश्यक रहेको बताउनु भयो। गरिब, निमुखा र सर्वहारा वर्गको हितमा एमालेको सरकारले मात्रै काम गर्न सक्ने भएकाले नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उहाँको भनाई रहेको छ।
कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य मिन बहादुर कुँवर, नवराज साउँद, मेल्लेख इन्चार्ज नरपति रावल, जिल्ला कमिटी सदस्य भिम बहादुर खड्का, पूर्व जिल्ल कमिटी सदस्य विर बहादुर बोहरा लगाएतको सहभागिता रहेको थियो।