साँफेबगर ।
नेकपा एमालेले चुनावी घर दैलो तथा मतदाता भेटघाट कार्यक्रम चौरपाटी गाउँपालिका ५ लुंग्रामा सम्पन्न भएको छ।
कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार झपट बहादुर बोहराले आफूले व्यक्तिगत योजना भन्दा पनि जनतालाई फाईदा पुग्ने योजनाहरूलाई प्राथमिकता दिईने बताउनु भएको छ। उहाँले अबको लक्ष्य समृद्ध अछाम बनाउने योजना रहेको बताउनु भएको छ।
यस्तै अछाम क्षेत्र नम्बर १ प्रदेश सभा १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार कुँवरले नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गर्दै नेकपा एमालेका उम्मेदवारले जित हासिल गरे बेरोगारी समस्यालाई निर्मूल पार्नको लागि सीपमूलक तालिम देखि लिएर रोजगारीका सवालमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको छ।
उहाँले धार्मीक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी पर्यटन क्षेत्रको विकास गरीने बताउनु भएको छ। चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रामा भएको चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा उहाँले आफूले विजय प्राप्त गरि सके पछि जनता आवास, सुरक्षीत आवास, विपद पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमको संचालन, एक वडा एक उत्पादन नीतिको तर्जुमा र कार्यान्वयन, एक वडा एक सहकारी सुपथ मूल्य पसलको संचालन, महिला, दलित, विभिन्न वर्ग क्षेत्रमा हुँदै आएको विभेद र हिंसा अन्त्यका लागि आफ्नो विशेष पहल रहने बताउनु भयो।
यस्तै चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार राधिका भुजेलले एमालेका उम्म्मेदवारले विजय प्राप्त गरी सके पछि जनताको आवश्यकता र चाहना अनुसारका कार्यक्रम संचालन गरीने बताउनु भएको छ।
उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्ने योजना रहेको बताउनु भएको छ। उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा एमालेको सरकारले मात्रै काम गर्न सक्ने भएकाले नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ।
चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्द, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर, नेकपा एमालेका संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सदस्य दुधकला बिष्ट, रबिन्द्र शाह लगाएतका नेता तथा कार्यकर्ताहको सहभागिता रहेको नेकपा एमाले अछाम क्षेत्र नम्बर १ प्रदेश सभा १ निर्वाचन परिचालन तथा प्रचार–प्रसार कमिटीले जनाएको छ।