साँफेबगर ।
अछाम क्षेत्र नम्बर १ प्रदेश सभा १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार देव बहादुर कुँवरले धार्मीक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी पर्यटन क्षेत्रको विकास गरीने बताउनु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ११ देवीस्थानमा भएको चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उहाँले खप्तड, कालालेकी, बैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायतका सांस्कृति–धार्मीक स्थलहरुको संरक्षण र प्रवद्र्धनका लागि गुरुयोजना निर्माण र कार्यान्वयन गरिने बताउनु भएको हो।
उहाँले एक वडा एक खेल मैदान निर्माण, लैगिंक विभेदमा शून्य सहनशिलताको नीति अवलम्बन, विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोग सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एक परिवार एक रोजगार कार्यक्रम संचालन गरिने बताउनु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ११ देवीस्थानमा घर दैलो गर्दै उहाँले हरेक क्षेत्रको विकासका लागी सबै भन्दा पहिले हिंसा रहित समाज निर्माण हुन आवश्यक रहेको बताउनु भयो। उहाँले पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गर्दै व्यावहारिक तथा व्यवसायिक शिक्षामा प्राथामकिता दिईने पनि बताउनु भएको छ।
उहाँले आफूले विजय प्राप्त गरि सके पछि संघ र प्रदेश सरकारबाट जनता आवास, सुरक्षित आवास, विपद पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमको संचालन, एक वडा एक उत्पादन नीतिको तर्जुमा र कार्यान्वयन, एक वडा एक सहकारी सुपथ मूल्य पसलको संचालन, नयाँ शहर आयोजनासंगको समन्वय र सहकार्यमा वस्ती विकास कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरीने बताउनु भएको छ।
नेकपा एमाले अछाम क्षेत्र नम्बर १ प्रदेश सभा १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार कुँवरले महिला, दलित, विभिन्न वर्ग क्षेत्रमा हुँदै आएको विभेद र हिंसा अन्त्यका लागि आफ्नो विशेष पहल रहने बताउनु भयो। उहाँले आफूलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन समेत आग्रह गर्नु भयो। उहाँले बेरोगारी समस्यालाई निर्मूल पार्नको लागि सीपमूलक तालिम देखि लिएर रोजगारीका सवालमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको छ।
यस्तै चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार राधिका भुजेलले एमालेका उम्म्मेदवारले विजय प्राप्त गरी सके पछि जनताको आवश्यकता र चाहना अनुसारका कार्यक्रम संचालन गरीने बताउनु भएको छ। उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्ने योजना रहेको बताउनु भएको छ।
उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा एमालेको सरकारले मात्रै काम गर्न सक्ने भएकाले नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ। चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहको सहभागिता रहेको नेकपा एमाले अछाम क्षेत्र नम्बर १ प्रदेश सभा १ निर्वाचन परिचालन तथा प्रचार–प्रसार कमिटीले जनाएको छ।